नेपालका कला संस्कृति झल्काउने उद्देश्यका साथ डार्विनको वटरफ्रन्टमा यही जुन १४ तारिखमा “नेपाल फेस्टिभल २०२५” आयोजना हुँदै छ। नर्दन टेरिटोरीको गैर आवासीय नेपाली सङ्घको राज्य समन्वय समितिले यहाँको राज्य सरकारको प्रमुख आर्थिक सहयोगमा यो सम्पन्न गर्दै छ। नेपालका भाषा र रीतिरिवाज प्रस्तुत हुने किसिमका प्रदर्शनी, मञ्च कार्यक्रम, खानपान लगायत थुप्रै तयारीहरू जारी रहेको फेस्टिभलका संयोजक…