अस्ट्रेलिया। रसुवासहित नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछि अस्ट्रेलियन सरकारले प्रभावित समुदायको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले शुक्रबार बिहान अस्ट्रेलियन सञ्चारमाध्यमसँग कुरा गर्दै नेपालमा उत्पन्न विपद्लाई भयावह मानवीय संकटका रूपमा उल्लेख गर्दै अस्ट्रेलियाले कन्सुलर तथा मानवीय सहयोग…