अष्ट्रेलियामा ४०७ ट्रेनिङ भिसामा कडाइ, ५५ प्रतिशत अस्वीकृत

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा पछिल्लो पटक चर्चित बनेको ४०७ ट्रेनिङ भिसाको दुरुपयोग बढेपछि सरकारले कडाई गरेको छ । यस्तो भिसाका लागि आवेदन दिनेमध्ये ५५ प्रतिशतभन्दा बढीको भिसा अस्वीकृत बनेको वा फिर्ता पठाइएको सरकारी तथ्यांक छ । अष्ट्रेलियाको गृह मन्त्रालय अन्तर्गतको अष्ट्रेलियन बोर्डर फोर्सले ट्रेनिङ भिसा कार्यक्रमको दुरुपयोग रोक्न देशव्यापी विशेष निगरानी अभियान सुरु गरेको हो…