बहुसांस्कृतिक केन्द्र बनाउन अगष्ट २९ देखि ‘सिड्नी अध्यात्मिक महोत्सव’ हुँदै, दिनबन्धु पोखरेल आउने !

सिड्नी, अष्ट्रेलिया । ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आगामी अगष्ट २९ देखि ३१ तारिखसम्म सिड्नीमा आध्यात्मिक महोत्सव २०२५ आयोजना हुने भएको छ । यस सम्बन्धी जानकारी केन्द्रको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा गराइएको हो । मेरिल्यान्ड्समा रहेको बार्दली फंक्सन सेन्टरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा प्रमुख अतिथिको रुपमा नेपालबाट दिनबन्धु…