मेलबर्नको नेपाली मन्दिरमा आज दिनभर तीजको उत्सव र पूजाअर्चना

मेलबर्नको नेपाली मन्दिरमा आज दिनभर तीजको उत्सव र पूजाअर्चना


मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा यस वर्षको तीजका विशेष गतिविधि दिनभर हुँदैछन् । तीजमा श्रीपशुपतिनाथको पूजा गरिन्छ भने ब्रत बसेर साँझ पूजा गर्ने चलन छ । यसै अन्तर्गत विहानैदेखि परिसरमा दर्शनार्थीहरु पुगेका छन् । मन्दिर परिसरमा सरसफाई गर्ने, दर्शनार्थीको चापलाई मध्यनजर गर्दै सहज रुपमा पूजाको व्यवस्था मिलाउने लगायतका काममा स्वयंसेवकहरु खटिएका छन् । आज नै चर्चित लोकदोहोरी गायक मिलन लामासहितका कलाकारहरुले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतिमा नचाउनेछन् ।

उपस्थित दर्शनार्थी र व्रतालुहरुलाई साँझ सात्वीक भोजनको पनि निःशुल्क व्यवस्था गरिएको संस्थाका अध्यक्ष तिलक पोखरेलले जानकारी दिए । उनले सकेसम्म सार्वजनिक यातायातको प्रयोग गर्न र कम सवारीसाधन ल्याउन अनुरोध गरेका छन् । मौसमको प्रतिकूलता हुनसक्ने र यसले पार्किंग क्षमता घट्ने भएका कारण यस्तो अनुरोध गरिएको हो । तीज महोत्सवमा अष्ट्रेलियामा रहेका संघसंस्थाहरुले सहकार्य गरेका छन् ।

दिदीबहिनी समाज अष्ट्रेलिया, एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया, ईन्द्रेणी ग्रुप, चान्डलर आरटीओ लगायतको हातेमालो रहेको छ ।