काठमाडौं । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेसनमार्फत २० लाख रुपैयाँ सहयोग गरेको छ। एक्सपर्ट फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र…