सिड्नी, अष्ट्रेलिया । ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आगामी २९ अगष्टदेखि तीन दिनसम्म सञ्चालन गर्ने सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा भएको छ । सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरुले हालसम्म ११ सय २५ जनाले कलश यात्राका लागि आफ्नो नाम दर्ता गराएको बताएका थिए । मार्की होमको मुख्य प्रायोजनमा हुने महोत्सवमा देखिएको उत्साहजनक सहभागिताले…