मेलबर्नको तीज महोत्सवमा ५ हजारभन्दा बढी सहभागी

मेलबर्नको तीज महोत्सवमा ५ हजारभन्दा बढी सहभागी



मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको आयोजनामा भएको तीज महोत्सवमा ५ हजारभन्दा बढी सहभागी भएका छन् । दिदीबहिनी समाज, एनआरएन नारी निकुञ्ज भिक्टोरिया, भिक्टोरिया सरकार, वाणिज्यदूतको कार्यालय लगायतको सहकार्यमा भएको तीज महोत्सवमा नेपाली मन्दिर परिसरमा दिनभर पूजा गर्नेहरुको पनि घुईचो लागेको थियो ।


कार्यक्रममा नेपाली लोकगायक मिलन लामा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने दिनभर नै नेपाली तीज गीतमा नाच्दै गाउँदै दिदीबहिनीहरुले मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा सहभागी हुन भिक्टोरियाको मल्टिकल्चरल कमिशनकी अध्यक्ष भिभिन न्यूगिन लगायत सरकारी अधिकारीहरु पनि उपस्थित थिए । उपस्थितमध्ये एकजनालाई लक्की ड्रमार्फत तिलहरी उपहार दिइएको थियो । संस्थाका अध्यक्ष तिलक पोखरेलले प्रतिकूल मौसमका बाबजुद ठूलो संख्यामा उपस्थित भएका व्रतालुहरु र दर्शनार्थीलाई धन्यवा दिएका छन् । उनले मौसमको परवाह नगरी खटिने स्वयंसेवकहरुको प्रसंसा गर्दै हातेमालो गर्ने सामाजिक संघसंस्थालाई विशेष स्मरण गरेका छन् ।