होबार्ट, अष्ट्रेलिया ।
तास्मानियाको होबार्टमा इन्द्रजात्राको अवसर पारेर नेवारी परम्परागत भोज – लाप्टे भोये २०२५ आयोजना हुने भएको छ । आगामी सेप्टेम्बर ७ तारिख आईतबार ५ बजेदेखि कार्यक्रम मुनाह कम्युनिटी सेन्टरमा भोज आयोजना हुनेछ । यसअघि गतवर्ष पनि होबार्टमा परम्परागत नेवारी परिकारका साथ भोज आयोजना गरिएको थियो । राति १० बजेसम्म चल्ने कार्यक्रममा कुमारी प्रदर्शन, सांस्कृतिक झाँकी, लाखे नाच परम्परागत भेषभूषा प्रदर्शन लगायतका कार्यक्रम हुनेछन् ।
आयोजकमध्येका एक बिक्की चित्रकारले नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार, यस्तो कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई एक आपसमा जोड्ने मात्र नभई आगामी पुस्तालाई आफ्नो मौलिक परम्परा र संस्कृतिसँग नजिक्याउने अवसर समेत दिने विश्वास छ ।

प्रतिक्रिया