सकियो तीन दिने सिड्नी आध्यात्मिक महोत्सव, सदस्य संख्या १ हजार माथि

सकियो तीन दिने सिड्नी आध्यात्मिक महोत्सव, सदस्य संख्या १ हजार माथि

महोत्सवका क्रममा २० लाख भन्दा धेरै अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको छ


सिड्नी, अष्ट्रेलिया, तीन दिवसीय सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन आईतबार बरउड पार्कमा मध्यान्ह देखि साँझ करिब ८ बजेसम्म भक्तजनहरु र दाताहरुको बाक्लो उपस्थिति थियो।

सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सामुदायिक सचेतना तथा अर्थसंकलन गर्ने उद्देश्यले गरिएको यो महोत्सवमा आईतबार एकै दिन २०० भन्दा धेरै आजीवन सदस्यता आवेदन परेको छ। त्यसैगरि ६१ दाताहरुबाट करीव १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्दता प्राप्त भएको छ भने दान पेटिकामा २४०० डलर नगद प्राप्त भएको छ।

३ दिनको आध्यात्मिक महोत्सवका क्रममा २० लाख भन्दा धेरै अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको छ भने करिब ५०० ले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताको संख्या १००० नाघेको छ। आजीवन सदस्यता र दाताहरुको बाक्लो सहभागिता र निक्कै ब्यस्त रहेको तेश्रो दिन पनि सन्ध्या आरति गरि समापन गरिएको थियो।

बिबिध कारणले थुप्रै दाताहरु यो महोत्सवमा छुट्नु भएको छ। महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्ने छ। यो अभियान केवल आजको लागि होइन, हाम्रो भविष्यका पुस्ताहरूको लागि एउटा साझा सामुदायिक, बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने साझा प्रयास हो।

सिड्नीमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षण र सम्बर्धनका लागि मिनी नेपाल निर्माण गर्ने यो सपना सकार पार्न हामि सबै निरन्तर जुट्न र पुस्तासंग जोडिएको यो महाभियानमा कोहि पनि नछुट्न जीएनएमसीले सबैलाई अनुरोध गरेको छ।

वाचनशिरोमणि पोखरेलले दिए धन्यवाद

यसैबीच, प्रमुख कथावाचक वाचन शिरोमणि दिनबन्धु पोखरेलले महोत्सवमा सहभागी भएका सबैजनालाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जलमार्फत भनेका छन् –