मेलबर्नमा नेपाली बहुसंस्कृति केन्द्र देखेपछि राजदूत यादव प्रफुल्लित

मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले १ सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको मेलबर्नको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरबाट आफु प्रभावित भएको बताउनुभएको छ । सोमबार विहान नेपाली मन्दिर परिसरमा आफ्ना श्रीमान डा. श्रीकृष्ण यादवसँगै पुग्नुभएकी राजदूत यादवले विधिपूर्वक पूजाअर्चना पनि गर्नुभयो । उहाँलाई मन्दिरका पुजारी मिलन ज्ञवाली र श्रवण न्यौपानेले पूजा गराएका थिए ।…