गैरआवासीय नेपाली संघको एकता प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षरसहित साटासाट गरेका छन् । यससँगै करिब ५ वर्षदेखिको जुँगाको लडाईं सकिएको छ । निर्वाचनमा सहभागी हुने तर त्यसबाट आएको परिणामलाई नमान्ने, राजनीतिक दलको भ्रातृ संगठनहरुलाई परिचालन गरेर एकअर्कालाई साईजमा ल्याउने खेलमा लागेका सम्पूर्ण विकारहरुलाई छोड्दै अब देशको लागि एनआरएन भन्ने मूलमन्त्रका साथ अघि…