प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

काठमाडौं। प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९ गते) काठमाडौंमा आयोजना हुने भएको छ। “श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनबारे आइतबार प्रचारप्रसार उपसमितिले जुममार्फत पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराएको हो। पत्रकार सम्मेलनमा…