काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना सार्वजनिक गरेको छ । सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेपछि यो खुलेको हो । प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार…