काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसीटी जेन भोल्कले शिष्टाचार भेटघाट गरेकी छन्। भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास,…