कवि भवानी घिमिरेको सम्झनामा शनिबार राजदूत निवासमा कार्यक्रम

कवि भवानी घिमिरेको सम्झनामा शनिबार राजदूत निवासमा कार्यक्रम


क्यानबेरा, अष्ट्रेलिया ।

वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा कार्यक्रम हुने भएको छ । शनिबार क्यानबेरास्थित नेपाली राजदूतको निवासमा हुन लागेको कार्यक्रम भानु परिवारले गर्न लागेको हो । कवि घिमिरे साहित्यिक पत्रकार संघका संस्थापक अध्यक्ष हुन् । नेपालसँगै अष्ट्रेलियामा पनि उनको सम्झनामा कार्यक्रम गर्न लागिएको हो ।

कवि घिमिरेकी छोरी महत्ता घिमिरे चापागाईंका अनुसार कार्यक्रममा कवि घिमिरेको जीवनीका विषयमा प्रकाश पारिनुका साथै साहित्यिकारहरुले आफ्ना सिर्जना समेत प्रस्तुत गर्नेछन् ।

हरेक वर्ष झै यस वर्ष पनि भानु परिवारबाट “भानु भवानी पत्रकारिता सम्मान” यस पटक अष्ट्रेलियाको राजधानि क्यानबेराबाट दुईजना पत्रकारहरूलाई प्रदान गर्ने निर्णय गरेको उनले केबीसी खबरलाई जानकारी दिए।

भवानी घिमिरेको साहित्य यात्रा विक्रम सम्वत २००८ सालमा युवाणी पत्रिकामा समता शीर्षकमा निबन्ध प्रकाशित गरेपछि सुरु भएको थियो । यस्तै घिमिरेले २००९ मा आत्माज्वाला कथा संग्रह, २०१४ मा नानी कथा संग्रह, २०२५ मा स्मृतिका रेखाहरु कविता संग्रह, २०५८ मा मेरा अभिव्यक्ति विविध निबन्ध र भूमिका संग्रह लगायत सात वटा कृति प्रकाशित छन् । उनले २०३६ सालमा सडक कविता क्रान्तिमा नेतृत्वदायी योगदान दिएका थिए भने साहित्यिक पत्रकार संघ, नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समितिका संस्थापक अध्यक्ष समेत थिए । साहित्यकार घिमिरेले विभिन्न साहित्यिक सिर्जना र पत्रिकाहरुको सम्पादन समेत गरेका छन् ।

  • कार्यक्रम 
  • मिति :- १८/०५/२०२४  (18th of May Saturday)
  • समय :- ११ बजे
  • स्थान :- 6 Mialli Place, O’malley ACT    
  • राजदूत निवास  (Ambassador’s Residence)
  • सम्पर्क नम्बर :- 0451631757 महत्ता घिमिरे चापागाई / 0449735008 बासु चापागाई