तास्मानियाको होबार्टमा आज ‘बोक्सीको घर’ प्रदर्शन हुँदै

तास्मानियाको होबार्टमा आज ‘बोक्सीको घर’ प्रदर्शन हुँदै


तास्मानिया अष्ट्रेलिया । तास्मानियाको होबार्टमा आज चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन हुँदैछ। आज साँझ ६ः३० बजे भिलेज सिनेमा घर ग्लोनर्की होबार्टमा सुपरहिट फिल्म ‘बोक्सीको घर’ प्रर्दशन हुन लागेको हो।

होबार्टमा पहिलो पटक प्रदर्शन हुने फिल्म ‘बोक्सीको घर’ को टिकट अनलाइनबाट खरिद गर्न सकिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

फिल्म ‘बोक्सीको घर’ को होबार्ट शो हेर्न चाहनु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सकिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।