अष्ट्रेलियाको माईग्रेसनमा आएका परिवर्तनबारे जानकारी दिन बुधबार एक्स्पर्ट मेलबर्नको विशेष कार्यक्रम !

अष्ट्रेलियाको माईग्रेसनमा आएका परिवर्तनबारे जानकारी दिन बुधबार एक्स्पर्ट मेलबर्नको विशेष कार्यक्रम !


मेलबर्न, अष्ट्रेलिया ।

पछिल्लो समय अष्ट्रेलियाको माईग्रेसन नीतिमा व्यापक परिवर्तन भएको छ । यसका विषयमा धेरैले धेरैथरी कुरा गरेका छन् । सामाजिक सञ्जालहरुमा अब अष्ट्रेलिया आउनै सकिन्न कि के हो ? यहाँ टिक्नै दिँदैनन् कि कसो भन्नेसम्मका चर्चा सुन्न सकिन्छ । पढाई सकाउ अनि घर फर्क भन्ने हो कि भन्न भ्रम पनि धेरैमा परेको देखिन्छ । यही विषयलाई मध्यनजर गरेर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नले आगामी बुधबार १५ मेका दिन यहाँ रहेका तीनवटै कार्यालयहरुमा माईग्रेसन क्वेष्ट नामक विशेष कार्यक्रम सञ्चालन गर्दैछ ।

एक विज्ञप्ति जारी गर्दै एक्सपर्टले पछिल्लो समय भएका परिवर्तनबारे सही जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ । एक्सपर्ट मेलबर्नका निर्देशक बसन्त पोखरेलले बुधबार दिउँसो १ बजेदेखि ५ बजेसम्म सिटी अफिस, ग्लेनरोय अफिस र डेन्डिनोंग अफिसमा माईग्रेसन क्वेष्ट सञ्चालन गर्ने जानकारी दिए । उनले भने, “धेरैले धेरैथरी कुरा गरेका छन् । तर, आधिकारिक रुपमा अष्ट्रेलियाको माईग्रेसन नीतिमा के परिवर्तन आएको हो भन्ने कुराको जानकारी हाम्रा रजिष्टर्ड माईग्रेसन एजेन्टहरुले दिनुहुनेछ । तपाईंको आफ्नो परिस्थिति, त्यसमा परिवर्तित नीतिले पार्ने प्रभावका विषयमा हामी जानकारी गराउनेछौं ।”

पोखरेलले कार्यक्रममा सहभागिता निःशुल्क रहेको तर त्यसका लागि आफ्नो नामभने अग्रिम रुपमा दर्ता गराउनुपर्ने जानकारी दिए । (दर्ता गर्न यहाँ क्लीक गर्नुस् ।) Click here >>
सहभागीहरुले मुभी टिकट प्राप्त गर्नेछन् । लक्की ड्रबाट ईन्डोर फ्लाई टिकट र एक्सपर्टबाट विभिन्न सामग्री पुरस्कार पनि पाउनेछन् ।