प्रवासी युवाहरुको अन्तर्राष्ट्रिय सञ्जाल फिनेको अधिवेशन, अध्यक्षमा स्वतन्त्रप्रताप दोहोरिए

प्रवासी युवाहरुको अन्तर्राष्ट्रिय सञ्जाल फिनेको अधिवेशन, अध्यक्षमा स्वतन्त्रप्रताप दोहोरिए


काठमाडौं, नेपाल ।

फेडरेसन अफ ईन्टरनेशनल नेपाली युथ अन्टप्रनर्स फिनेको काठमाडौंमा सम्पन्न अधिवेशनले वर्तमान अध्यक्ष स्वतन्त्रप्रताप शाह कै नेतृत्वलाई निरन्तरता दिएको छ । अधिवेशनले २०२५ सम्मको कार्यकालका लागि चुनेका अन्यमा गोकर्ण ढकाल वरिष्ठ उपाध्यक्ष, प्रकाश थापा, समिम अनवर, डिला खरेल, रमेश श्रेष्ठ, पुर्ण पोखरिया, आकाश बन्जारालाई उपाध्यक्षमा चयन गरेको छ । यस्तै महासचिवमा दिपेन घले, सचिवमा प्रदिप न्यौपाने र कुमार कार्की, कोषाध्यक्षमा उषा गुरुंग, सहकोषाध्यक्षमा ओम ज्ञवाली, प्रवक्तामा शम्भु कँडेललाई चयन गरेको हो ।

यस्तै कार्यसमिति सदस्यहरुमा रजनिस भट्टराई, मनिष डंगोल, अमर सापकोटा, विकास दाहाल, एमके पौडेल, निराजन खत्री, ठक्कर कार्कीलाई चयन गरेको छ । अधिवेशनले चार जनालाई रिजनल प्रेसिडेन्ट पनि तोकेको छ । जसमा रुस्तम श्रेष्ठ एशिया प्यासेफिक, राजेन्द्र कँडेल युरोप, विकास साही मध्यपूर्व र रोशन बुढाथोकी उत्तर अमेरिका रहेका छन् ।

केविसीखबरसँग कुरा गर्दै प्रवक्ता कँडेलले यो कार्यकालमा संस्थालाई ३० देशमा विस्तार गर्ने म्यान्डेट पनि अधिवेशनले दिएको छ । गत शनिबार सम्पन्न अधिवेशनमा नेतृत्व चयन सर्वसम्मतिका आधारमा भएको थियो । फिनेले हालसम्म विभिन्न १० देशमा आफ्नो कार्यसमिति बनाइसकेको छ ।

विदेशमा बस्ने युवा उद्यमीहरुबीच सहकार्यको माध्यमबाट देशमा उद्यमशिलताको विकास गर्ने उद्देश्यका साथ संस्था सन् २०२१ मा गठन भएको थियो । यसले नेपाली उत्पादनहरुलाई विश्वबजारमा लैजाने लक्ष्य समेत राखेको छ भने उद्योगीहरुबीच सहकार्य बढाउनका लागि अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन सम्पन्न गरिसकेको छ ।