तास्मानियाको लन्चेन्टनमा दोस्रो पटक प्रदर्शन हुँदै ‘बोक्सीको घर’

तास्मानियाको लन्चेन्टनमा दोस्रो पटक प्रदर्शन हुँदै ‘बोक्सीको घर’


तास्मानिया, अष्ट्रेलिया ।

तास्मानियाको लन्चेस्टनमा सुपरहिट नेपाली चलचित्र ‘बोक्सीको घर’ दोस्रो पटक प्रदर्शन हुँदैछ। फिल्मको मे १३ तारिख सोमबार स्टार थिएटरमा फिल्म प्रदर्शन हुने भएको हो। 

लन्चेस्टनवासी नेपाली फिल्म प्रेमीहरुको माग अनुसार दोस्रो पटक ‘बोक्सीको घर’को प्रदर्शन गर्न लागेको मुग्लान इन्टरटेनमेन्टका निर्देशक सन्देश श्रेष्ठले जानकारी दिए। साँझ ६ बजेबाट सुरु हुने उक्त शो को दिन दिनमा ५० प्रतिशत टिकट बिक्री भइसकेको उनले बताए। टिकट अनलाईनबाट खरिद गर्न सकिने उनको भनाई छ। सिट संख्या समित रहेकाले समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न लन्चेन्टनवासी नेपालीहरुलाई निर्देशक श्रेष्ठले आग्रह गरेका छन्। 

सत्य घटनाबाट प्रेरित फिल्म मण्डला नाटक घरमा मञ्चन गरिएको सोही शीर्षकको नाटकबाट तयार गरिएको हो। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। सुलक्षण भारतीद्वारा निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ। फिल्म ‘बोक्सीको घर’ को लन्चेस्टन शो हेर्न चाहनु हुनेले यहाँ क्लिक गरेर टिकट खरिद गर्न सकिने एमएसएम इन्टरटेनमेन्टले जनाएको छ।