‘चित्रा’ फेब्रुअरी ९ देखि अष्ट्रेलियाका ८ सहरमा प्रदर्शन हुँदै

मेलबर्न अष्ट्रेलिया । फिल्म ‘चित्रा’ माघ २६ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ। अष्ट्रेलियाली हलमा पदर्शन हुँदै फिल्म 'चित्रा' अन्तर्राष्ट्रिय प्रदर्शनको सुरुवात गर्न लागेको हो। ‘चित्रा’को प्रदर्शन माघ २६ गते (फेब्रुअरी ९) मा तास्मानियाबाट सुरु हुने फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारीले केबीसी खबरलाई जानकारी दिए। उक्त अवसरमा रेडकार्पेट शोको पनि आयोजना गरिएको उनले बताए।…