नेपालका लागि नवनियुक्त अस्ट्रेलियन राजदूत जोन्स्टनको दूतावासमा स्वागत

मेलबर्न, अष्ट्रेलिया । अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो । सन् २०२१ मा भोल्कलाई अस्ट्रेलियाले राजदूतको रूपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न बिदाइ कार्यक्रमहरू सरिक भइरहेकी छिन् । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी…