कुमा सागर एण्ड द ख्वप ब्यान्डलाई स्वागत गर्न सगुनसहित होबार्ट विमानस्थलमा

कुमा सागर एण्ड द ख्वप ब्यान्डलाई स्वागत गर्न सगुनसहित होबार्ट विमानस्थलमा


होबार्ट । गायक कुमा सागर र उनको द ख्वप ब्यान्ड होबार्ट आइपुगेको छ । सोमबार विमानस्थलमा नेवार परम्परा अनुसार उनीहरुको स्वागत भयो । रातो टीका र अन्डा र दहीसहितको सगुन दिएर व्याण्डलाई स्वागत गरिएको छ।

ब्यान्ड ४ अप्रिल, शुक्रबार साँझ युनि बार, स्यान्डी बे मा धमाकेदार प्रस्तुति दिने योजनामा छ । आयोजक आयो गोर्खाली इभेन्ट्स का संयोजक मोइन श्रेष्ठका अनुसार, टिकट बिक्री अन्तिम चरणमा पुगेको छ । उनले सीमित बाँकी भएकोले छिट्टै आफ्नो सिट सुरक्षित राख्न अनुरोध गरे ।

कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस तास्मानियाका महाप्रबन्धक राशिक श्रेष्ठले नेपाली संगीतको यस्तो कार्यक्रम तास्मानियामा हुनु गौरवको कुरा भएको बताए । उनले यस्ता कार्यक्रमहरूले समुदायलाई अझ नजिक ल्याउँने र नयाँ पुस्तालाई नेपाली संगीतमा आकर्षित गर्ने धारणा राखे ।

नेपाली संगीतको दुनियामा पछिल्लो पुस्तामा कुमा सागर लोकप्रियताको शिखरमा छन् । उनको गीत गाउने छुट्टै शैली, नेवारी संगीतको प्रभावले धेरैलाई मोहित तुल्याएको छ ।

आयोजक मोइन श्रेष्ठले भने, “तास्मानियामा रहेका नेपाली दर्शक, व्यवसायी र सामाजिक संस्थाहरू सबैलाई कार्यक्रमलाई सफल बनाउन साथ दिएकोमा धेरै धेरै धन्यवाद। यत्रा राम्रा कलाकारलाई होबार्ट ल्याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो, अब दर्शकको साथले यो कार्यक्रम अविस्मरणीय बनाउनेछ।”