क्यानबेरा, अष्ट्रेलिया ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल फेष्टिभल २०२५ आज शनिबार भइरहेको छ । नेपाल फेष्टिभलको सुरुवात विहान सांस्कृतिक परेडबाट भयो । विभिन्न भेषभूषामा सजिएर क्यानबेरामा बसोबास गर्ने नेपालीहरु परेडमा सहभागी भएका थिए । संघीय संसद, मन्त्रीहरु रहने राजधानीमा भएको नेपाल फेष्टिभलको आफ्नै महत्व छ । त्यसमा पनि नयाँ राजदूत आएपछिको यो पहिलो नेपाल फेष्टिभल भएका कारण पनि उत्साह बढेको सहभागीहरुले बताएका छन् ।
नेपाल फेष्टिभल क्यानबेरामा सहभागी हुन विभिन्न राज्यबाट एनआरएनका पदाधिकारी क्यानबेरा पुगेका छन् भने सबैभन्दा धेरै नजिकैको राज्य न्यूसाउथवेल्सबाट सर्वसाधारणहरु क्यानबेरा पुगेका छन् । तीन घण्टाको यात्रामा पुग्न सकिने क्यानबेरा यतिबेला नेपालमय बनेको छ । नेपाली झण्डा बोकेका सर्वसाधारणले नेपाल महोत्सवमा राखिएका विभिन्न स्टल र गतिविधिमा सहभागिता जनाइरहेका छन् । नेपाल महोत्सवमा कन्दरा व्याण्डले आफ्नो प्रस्तुति दिँदैछ भने शिव परिया, समिक्षा अधिकारी लगायतका कलाकारहरुले पनि स्टेज तताउँदैछन् । यस्तो देखियो नेपाल फेष्टिभलको परेड –






प्रतिक्रिया