क्यानबेरा, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया अष्ट्रेलियन क्यापिटल टेरेटोरी क्यानबेरामा आगामी शनिबार आयोजना हुन लागेको नेपाल फेष्टिभलको तयारी सकिएको छ । यससँगै कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय कलाकारहरु क्या -नबेरा उत्रिने क्रम जारी छ । यसैक्रममा कन्दरा व्याण्डलाई भव्य स्वागत गरिएको छ । मेलबर्नको नेपाल फेष्टिभल भव्यरुपमा सम्पन्न गरेर सडकमार्गबाटै क्यानबेरातर्फ लागेको व्याण्डका सदस्यहरुलाई मंगलबार साँझ स्वागत गरिएको हो ।
व्याण्डका सदस्यहरुलाई एनआरएन क्यानबेराका संयोजक विक्रम सुवेदी, सहसंयोजक चुणमणि सापकोटा, अशोक बस्नेत, आदर्शजंग पाण्डे लगायतले स्वागत गरेका थिए । यस पटकको नेपाल फेष्टिभल क्यानबेरामा कन्दरा व्याण्डको दमदार प्रस्तुति रहनेछ भने शिव परियारले उपस्थित दर्शकहरुलाई झुमाउने योजना छ । यस्तै गायिका समिक्षा अधिकारीले नेपाल फेष्टिभलको माहोल तताउनेछिन् भने गायक युवराज चौलागाईं पनि थपिएका छन् ।




यस्तो हुँदैछ नेपाल फेष्टिभल
अष्ट्रेलियाको राजधानी क्यानबेरामा मार्च २२ तारिख नेपाल फेष्टिभल हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया क्यापिटल टेरेटोरी राज्य संयोजन समितिको आयोजनामा हुने फेष्टिभलमा नेपाली झण्डा, बाजागाजसहितको झाँकी निकालिने भएको छ । त्यससँगै दिनभर विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, नेपाल प्रबद्र्धनका स्टलहरु, खानाका स्टलहरु, नेपाली व्यवसायका स्टलका साथ आयोजनास्थल नेपालमय बनाउने योजना छ । फेष्टिवलको तयारी लगभग सकिएको एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले जानकारी दिए ।
नेपाल फेष्टिभल अघिको परेडमा झांकि, कुमारी रथ यात्रा र पन्चेबाजाको धुनले सजिने बताउदै नेपाल हाउसको बिशेष आकर्षण रहने जनाए । यसपटक नेपाल फेष्टिवल क्यानबेराको मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोन रहेको छ ।
क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला सॅंस्कृतीको नेपाली खाना र परिकारहरुको स्वाद लिन र नेपाल भ्रमणको निम्तोका साथै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा खुल्ला निम्तो र सहभागी हुन र गराउन आब्हान् गरिएको छ ।
प्रतिक्रिया