दोस्रो ‘डिएफसी’ कपको उपाधि नेपाली फुटबल क्लब तस्मानियाले उचाल्यो

दोस्रो ‘डिएफसी’ कपको उपाधि नेपाली फुटबल क्लब तस्मानियाले उचाल्यो


तास्मानिया, अष्ट्रेलिया ।

दाजुभाई फुटबल क्लबले आयोजना गरेको दोस्रो डिएफसी कप २०२५ को उपाधी नेपाली फुटबल क्लब तस्मानिया (एनएफसिटी)ले जितेको छ। शनिबार क्याम्ब्रिज ओभल (१००० क्याम्ब्रिज रोड, क्याम्ब्रिज) फुटबल ग्राण्डमा भएको फाइनल खेलमा लन्सेस्टन टाकिनलाई (१-०) गोल अन्तरले हराउँदै उपाधी कब्जा गरेको हो।

दोस्रो ‘डिएफसी कपको उपाधि जितेको एनएफसिटीले ट्रफी, मेडल, प्रमाणपत्र र दुई हजार अष्ट्रेलियन डलर नगद प्राप्त गरेको छ। उपविजेता बनेको लन्सेस्टन टाकिनले ट्रफी मेडल, प्रमाणपत्र र ७५० अष्ट्रेलियन डलरमा जित्त बुझाउनु पर्याे।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर लन्चेस्टन नेप्लिज सकर क्लबका सुशिल नेमाङ, टप स्कोरर रमेश बस्नेत, म्यान अफ दी फाइनल म्याच रवि थिंग र म्यान अफ दी टुर्नामेन्ट आकाश मगरघोषित भए। उत्कृष्ट खेलाडीलाई मेडल प्रदान गरिएको डिएफसीका कोषाध्यक्ष प्रवेज थापाले जानकारी दिए। पुरस्कार वितरण कार्यक्रमको संचालन अनिल पाण्डे, साजन आचार्य र नवीन सापकोटाले गरेका थिए।

क्यापकन होम लोन्स होबार्ट टाइटल स्पोन्सर रहेको दोस्रो डिएफसी कपमा होबार्ट नेपाली चर्च, नेपाली फुटबल क्लब तस्मानिया (ए), नेपाली फुटबल क्लब तस्मानिया (बी), अस्ट्रेलियन भुटानी सोसाइटी अफ नर्दन तस्मानिया, लन्सेस्टन टाकिन, दाजुभाई फुटबल क्लब (रेड), दाजुभाई फुटबल क्लब (ब्लु) र एक्सपर्ट टासी वारियर्स गरी ८ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

उक्त फुटबल प्रतियोगिताको पलाटिनम स्पोन्सर ब्राइटन सट कोर्सेस, गोल्ड स्पोन्सर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विस तास्मानिया, ओपल प्रोपटी ग्रुप ब्रिजबेन, हस्पिटालिटी पार्टनर लंघाली क्याफे एण्ड रेस्टुरेन्ट, ग्रोसरी पार्टनर लाङ्घाली क्याफे र रेस्टुरेन्ट र मिडिया पार्टनरको रुपमा केबीसी खबर रहेको थियो।

पहिलो डिएफसी कपको उपाधी लन्चेस्टन नेप्लिज सकर क्लबले जितेको थियो। फाइनल खेलमा भुटानीज कम्युनिटी एसोसियसन साउदर्न तास्मानिया (बीसिएएसटी)लाई ८–१ गोल अन्तरले हराउँदै लन्चेस्टन नेप्लिज सकर क्लबले उपाधि हात पारेको थियो।