मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलिया टूरमा रहेको नेपालको सर्वाधिक चर्चित व्याण्ड नेपथ्यले सोमबार मेलबर्नमा आफ्नो कन्सर्ट गर्दैछ । एडिलेडमा करिब १६ सय दर्शकका माझ आफ्नो दमदार प्रस्तुति दिएको नेपथ्यले यसअघि होबार्ट, क्यानबेरा, पर्थ, ब्रिसबेनमा कन्सर्ट सम्पन्न गरिसकेको छ । नेपाली लोकरक व्याण्ड नेपथ्यको अष्ट्रेलिया टूर अन्तर्गत सोमबार मेलबर्नको फेष्टिभल हलमा दर्शक श्रोतालाई झुमाउने योजना छ ।
आईतबार नै मेलबर्न आइपुगेको नेपथ्यका व्याण्ड सदस्यहरुलाई यहाँको आयोजकहरुले स्वागत गरेका थिए । अष्ट्रेलिया टूर आयोजक गिरिश ईभेन्टसका गगन गिरीले कन्सर्टमा सहभागीहुन आह्वान गरेका छन् । नेपथ्य व्याण्डका गायक अमृत गुरुंगले भव्यताका साथ एडिलेडको कन्सर्ट सफल बनाउन सहयोग गर्ने र सहभागी सबैलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया