क्यानबेरा, अष्ट्रेलिया । अस्ट्रेलियाका लागी नवनियुक्त राजदूत कैलाश राज पोखरेलले गभर्नर जनरल डेभिड हर्ले समक्ष सोमबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । न्यूजिल्याण्डका लागि समेत गैरआवासीय राजदूत पोखरेलले अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । समारोहमा गभर्नर जनरलले राजदूत पोखरेललाई यो जिम्मेवारीका लागि बधाई दिँदै उनको कार्यकालमा अस्ट्रेलिया र…