तास्मानिया, होबार्ट ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरुष’ तास्मानियाको होबार्टमा प्रदर्शन हुने भएको छ। एस स्टडीको प्रायोजनमा यही नोभेम्बर २० तारिख तास्मानियाको होबार्टस्थित ग्लेनोर्कीको भिलेज सिनेमा हलमा प्रदर्शन हुने भएको हो। स्थानीय समय अनुसार फिल्मको ६ः ३० बाट प्रदर्शन सुरु गरिने छ।
‘महापुरुष’ होबार्ट ‘शो’ को टिकट अनलाइनमार्फत मात्रै खरिद गर्न सकिने आयोजकले जनाएको छ। जसका लागि यो लिंकमा क्लीक गर्नुहोला। ‘शो’ को ५० प्रतिशत विक्री भइसकेको अयोजक एमएसएम इभेन्टसले जनाएको छ।अष्ट्रेलिया ‘शो’ को अधिकार पाएको एमएसएन इभेन्टसले अष्ट्रेलियाका विभिन्न राज्यमा फिल्म प्रदर्शन गरेको छ। फिल्मले अष्ट्रेलियामा दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको अयोजकले जनाएको छ।
आदर्श नगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनको कथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ। षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ। फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी। गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्दै छन्। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य-शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।
होबार्ट ‘शो’ लाई प्रयोजन गरेको एस स्टडी विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ। यस संस्थाले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अनुरूप यहाँका विभिन्न संघ–सस्थाहरुलाई समेत प्रयोजन गरेर सहयोग गरिरहेको छ। अष्ट्रेलियाका विभिन्न सहरमा उच्च शिक्षाको अध्यानका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई शिक्षा सम्बन्धी, भिजा र माइग्रेसन सम्बन्धीका सेवाहरू दिँदै आएको एस स्टडीले तास्मानिया निर्देशक खगेन्द्र सत्यालले जानकारी दिए। संस्थाले सिड्नी, तास्मानिया, नेपालको काठमाडौँ लगायतका विभिन्न सहरबाट हाल सेवा दिँदै आएको छ।
प्रतिक्रिया