एनबीएको तेस्रो साधारण सभा सम्पन्न, आउँदो वर्ष होबार्टमा बिजनेस एक्स्पोको आयोजना गर्ने

एनबीएको तेस्रो साधारण सभा सम्पन्न, आउँदो वर्ष होबार्टमा बिजनेस एक्स्पोको आयोजना गर्ने


तास्मानिया होबार्ट ।

नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए) को तेस्रो साधारण सभा सम्पन्न भएको छ। होबार्ट स्थित पेन्नी रोयल कलेजमा आज सम्पन्न भएको साधारण सभाले संस्थामा रिक्त भएको बोर्ड अफ डाइरेक्टरको पदमा वर्तमान अध्यक्ष रेवन्त बस्नेतलाई नियुक्त गरेको छ।

संस्थाले आगामी वर्ष तास्मानियाको आर्थिक विकासमा नेपाली व्यवसायीले खेलेको भूमिकाका बारेमा छलफल तथा बिजनेस एकस्पोको आयोजना गर्ने संस्थाका अध्यक्ष रेवन्त बस्नेतले केबीसी खबरलाई जानकारी दिए। सो कार्यक्रम यहाँ रहेका नेपाली व्यवसायीका लागि ठुलो अवसर भएको अध्यक्ष बस्नेतले बताए। उनले नेपाली व्यवसायीहरूले तास्मानियमा आएर पनि व्यवसायलाई बढाउँदै लगेकोमा खुःसी व्यक्त गरे । 

कार्यक्रममा बोल्दै संस्थाका सचिव उमेश सुन्चेउरीले एनबीए होबार्टमा मात्रै केन्द्रित नभएर लन्चेस्टनलाई समेटेको धारणा राखे । उनले लन्चेस्टनमा पनि नेपाली व्यवसायी बढ्दै गएकाले सस्था उनीहरुसँग पनि हातेमालो गर्दै अगाडी बढ्ने बताए । लन्चेस्टनका नेपाली व्यवसायी संस्थाको सह–सचिव र सदस्य पदमा रहेकाले होबार्ट र लन्चेस्टनलाई जोड्न थप सहयोग पुगेको उनको भनाइ थियो । सचिव सुन्चेउरीले विगतमा एनबीएले तास्मानियामा रहेका अन्य संघ संस्थाहरुसँग हातेमालो गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।

   कार्यक्रममा संस्थाका कोषाध्यक्ष अरुण आचार्यले गत वर्षको आर्थिक प्रदिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली सोसाइटी अफ तास्मानियाका उपाध्यक्ष केराज खनालको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा तास्मानीयका नेपाली व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो। आजको कार्यक्रमका लागि भेन्यु उपलब्ध गराउने पेन्नी रोयल कलेजका निर्दशक द्वय गणेश सुवेदी र अभिनम आचार्यलाई संस्थाले धन्यवाद दिएको थियो भने एनबीएले विगतमा गरेका कार्यक्रममा सहयोग गर्ने स्वयंम सेवकलाई सम्मान पत्र वितरण गरिएको थियो। 

एनबीएले तास्मानियामा रहेर व्यवसाय गरिहेका नेपाली भाषीहरुको हक हितको लागि खोलिएको एक गैरनाफामुलक सस्था हो। संस्थाको कार्यसमितिको अवधि २ वर्ष रहने छ।