पत्रकारमाथि गरिएको अवरोधमा एन्जाको आपत्ति, आज एनआरएन अष्ट्रेलियाको आकस्मिक बैठक

पत्रकारमाथि गरिएको अवरोधमा एन्जाको आपत्ति, आज एनआरएन अष्ट्रेलियाको आकस्मिक बैठक


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेका दुई नेपाल फेष्टिभलहरुमा सक्रिय पत्रकारहरुप्रति गरिएको व्यवहारको क्रियाशील पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एन्जाले यस किसिमको अवरोध स्वीकार्य नहुने र आगामी दिनमा नदोहोरिने प्रतिबद्धता जनाउन एनआरएन नेतृत्व समक्ष माग गरेको छ । निस्वार्थ रुपमा समूदायलाई सुसूचित गर्ने कार्यमा लाग्दै आएका पत्रकारहरुलाई सिड्नी र ब्रिसबेनको नेपाल फेष्टिभलमा अवरोध र उपेक्षा गरिएको ठम्याई एन्जाको छ ।

यसै विषयलाई लिएर आज एनआरएन अष्ट्रेलियाको आकस्मिक बैठक बस्न लागेको छ । पत्रकारहरुले वक्तव्य नै निकालेर आफुहरुमाथि उपेक्षा र अवरोध गरिएको भनेपछि यस विषयमा छलफल गर्नका लागि बैठक राखिएको हो ।

एन्जाले यस विषयमा स्पष्ट पार्दै निकालेको विज्ञप्ति, यहाँ हेर्नुहोस्

एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा र पूर्वअध्यक्ष हेमन्त काफ्लेलाई सिड्नीमा आयोजना गरिएको नेपाल फेष्टिभलमा स्टेज अघि जान सुरक्षाकर्मीले रोकेका थिए । यस्तै ब्रिसबेनको नेपाल फेष्टिभलमा मिडियाको उपस्थितिलाई औपचारिक कार्यक्रमभर उपेक्षा गरिएको थियो भने संयोजकले समेत उनीहरुको महत्वलाई नजरअन्दाज गर्दै धन्यवाद नोट निकालेका थिए ।