यस्तो देखियो ‘नेपाल फेस्टिभल सिड्नी’ को परेड (फोटोफिचर)

यस्तो देखियो ‘नेपाल फेस्टिभल सिड्नी’ को परेड (फोटोफिचर)


सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले आयोजना गरेको ‘नेपाल फेस्टिभल सिड्नी’ बरउड पार्कमा सुरु भएको छ । औपचारिक कार्यक्रम सरु हुनुअघि परेड निकालिएको थियो । परेडमा विभिन्न सामूदायिक संघ–संस्थाहरुको उल्लेख्य सहभागितामा रहेको थियो।

चार वर्षपछि भएको फेस्टिभलको परेडमा यहाँ रहेका नेपाली भाषीको उल्लेख्य सहभागीता रहेको थियो। परेडमा ३० भन्दा बढी संघ–सस्थाहरु सहभागी भएको परेड संयोजक सन्ध्या शाहले जानकारी दिइन्।

आज विहान ११ बजेदेखि १२ बजेसम्म परेड गरिएको थियो। परेडमा कुमारीको रथ, शिव पार्वती, कलश यात्रा, पञ्चकन्याका साथै विभिन्न जाति जाति, भाषाभाषीका झाँक्री समावेश भएका थिए। परेडमा बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषासहित नेपाली मौलिक बजामा सहभागी रमेका थिए।

बरउड पार्कको पार्क एभेन्यूमा जम्मा भएर कोमार स्ट्रीट हुँदै परेडले एक फन्को लगाएको थियो। परेडमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एनआरएन अध्यक्ष नन्द गुरुङ, नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) का अध्यक्ष चिरञ्जिवी देवकोटा र विभिन्न संघ–सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।