एनटीएसएले होबार्टमा खुल्ला टेबुल टेनिस प्रतियोगिता गर्दै, ४७ प्रतिस्पर्धीले भाग लिने

एनटीएसएले होबार्टमा खुल्ला टेबुल टेनिस प्रतियोगिता गर्दै, ४७ प्रतिस्पर्धीले भाग लिने


तास्मानिया होबार्ट ।

नेप्लिज तास्मनिया स्पोर्टस् एसोसिएसन (एनटीएसए)ले खुल्ला टेबुल टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ । एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा यही नोभेम्बर २६ तारिखका दिन होबार्टस्थित वाइएमसी ग्लोनर्किमा उक्त प्रतियोगिता हुन लागेको हो ।

खुल्ला टेबुल टेनिस प्रतियोगितामा ४७ जनाले भाग लिने एनटीएसएका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए। तास्मानियाका संघ–सस्थाले सहयोग गरेको उक्त प्रतियोगितामा विगतका वर्ष झै एनटीएसएले विभिन्न विभिन्न सामाजिक तथा खेकुद प्रतियोगिताको माध्यामबाट नेपाली समाजलाई जोड्दै आएको अध्यक्ष सापकोटाले पत्रकार सम्मेलनमा बताए ।

त्यसैगरी एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज तास्मानियाका निर्देशक रसिक श्रेष्ठले यसअघि पनि यहाँ रहेका नेपाली संघ–सस्थाहरुलाई सहयोग गर्दै आएको बताए । उनले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको र एनटीएसएलाई पनि खेलकुद मार्फत सहयोग गर्न पाउँदा खुःसी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागिता जनाएर नेपाली समाजलाई जोड्न हरदम प्रयास गरिने बताए ।

टिएनसिएका अध्यक्ष बाबु न्यौपानले खेलको माध्यामबाट नेपाली समाज जोड्ने प्रयासको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना दिए। यस्तै नेपाली सोसाइटी अफ तास्मानियाका सचिव विष्णु भट्टरईले समुदायमा हुने हरेक गतिबिधिलाई सहयोग गर्दै आएको र एनटीएसएलाई पनि सोसाइटीको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै अयुसिइ फाइनान्स एण्ड होम लोन तास्मानियाका निर्देशक रेवन्त बस्नेतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।