तास्मानिया, होबार्ट ।
नेपाली सोसाइटी अफ तास्मानिया ‘सिटी लर्ड मेयर अवार्ड’बाट सम्मानित भएको छ । आज होबार्ट सिटीको टाउन हल स्थित लर्ड मेयरको अफिसमा भएको एक समारोहकाबीच सोसाइटीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो।
होबार्ट सिटीले आयोजना गरेको ४० औँ मायर र क्रिसमस पाजेएन्ट मा नेपाली सोसाइटी अफ तास्मानियाले विभिन्न ४० समुदायलाई पछि पार्दै ‘सिटी लर्ड मेयर अवार्ड’ हात पार्न सफल भएको छ। यो सम्मान होबार्ट सिटीको सबैभन्दा ठुलो सम्मान अवार्ड हो । होबार्ट सिटी काउन्सिलले नोभेम्बर १९ तारिखमा भएको कार्यक्रमको उत्कृष्टलाई आज अवार्ड प्रदान गरेका थियो।
कार्यक्रममा नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तोयाराज भट्टराई उपाध्यक्ष केराज खनाल सचिव विष्णु भट्टराई र कोषाध्यक्ष सरोज पाण्डे कमिनिटी मेम्बरबाट खेम डुब्रे, रोजिना ताम्राकारलगायतको उपस्थिति रहेको थियो।
होबार्ट सिटी काउन्सिलका तर्फबाट नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली समाजलाई मात्र नभएर विभिन्न कमिनिटीमा राम्रो काम गरेको भन्दै प्रशंसा गरेको थियो।
विभिन्न समुदायका भेसभुसा रहनसहन देखाउन होबार्ट सिटी काउन्सिलको प्रंगणमा नोभेम्बर १९ मा भएको कार्यक्रममा विभिन्न ४० समुदायले आ–आफ्नो भेसभुसा, कला संस्कृति प्रदर्शन गर्दै नगर परिक्रमा गरेको थियो। जसमा नेपाली सोसाइटी अफ तास्मानियाको तर्फबाट उल्लेख्य मात्रामा नेपालीहरूको सहभागिता रहेको थियो। मञ्जुश्री, नेपाली नाच नेपाली पोसाक लगायत नेपाली गीत संगीतले नगर परिक्रमा गरेका थियो।
हरेक वर्ष हुने होवार्ट सिटी काउन्सिलले क्रिसमस अगाडि गर्ने यस खालका कार्यक्रमले बहु-सांस्कृतिक समाजलाई एकै ठाउँमा ल्याएर उनीहरुको भेसभुसा, कला, संस्कृति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। कोभिड–१९ ले गर्दा विगत दुई वर्षदेखि यो कार्यक्रम हुन सकेको थिएन।
प्रतिक्रिया