अष्ट्रेलियाकी विदेशमन्त्रीले आज नेपाली समूदायसँग सम्वाद गर्दै !

अष्ट्रेलियाकी विदेशमन्त्रीले आज नेपाली समूदायसँग सम्वाद गर्दै !


मेलबर्न, अष्ट्रेलिया ।
नेपालमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा अष्ट्रेलियाकी विदेशमन्त्री पेनी योंगले आज नेपाली समूदायका अगुवाहरुसँग अन्तरक्रिया गर्दैछिन् । नेपालमा भएको आन्दोलन र त्यसपछि उत्पन्न घटनाक्रममा अष्ट्रेलियाको तर्फबाट के गर्न सकिन्छ ? लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

नेपालमा भएका हिंसाका घटना देखेपछि प्रभावित बनेकाहरुलाई स्वास्थ्य सेवा आवश्यक परेको भए सम्पर्क गर्न यसअघि विभिन्न कलेज, विश्वविद्यालयहरुले आफ्ना विद्यार्थीलाई सम्पर्क गरिसकेका छन् । चीन र भारतपछि नेपाल अष्ट्रेलियाको सबैभन्दा बढी विद्यार्थी आउने राष्ट्र पर्दछ । नेपाल र अष्ट्रेलियाको कुटनीतिक सम्बन्ध दशकौं पुरानो छ र यी दुई देशबीच सहकार्यको सम्बन्ध रहँदै आएको छ ।