नेपाल बाहिर रहेका बालबालिकाहरुलाई भाषा सिकाउने, देश जोड्ने लिपीमाला एपको सुरुवात

सिड्नी, अष्ट्रेलिया ।अष्ट्रेलिायको सिड्नी निवासी आईटी विज्ञ किरण खनालको अग्रसरतामा निर्माण गरिएको लिपीमाला एप्लीकेशन सार्वजनिक गरिएको छ । आईतबार सिडनीमा आयोजना गरिएको विशेष कार्यक्रमबीच एपको विषयमा जानकारी गराइएको हो । कार्यक्रममा सिड्नीमा रहेका नेपाली समूदायका अगुवाहरु उपस्थित थिए । न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाली समूदायकी अगुवा ईन्द्र…