एडिलेडमा दशै तिहार महोत्सवको तयारी पुरा !

एडिलेडमा दशै तिहार महोत्सवको तयारी पुरा !



एडिलेड, अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको एडिलेडमा यही दशैं पञ्चमीको दिन आयोजना हुने दशैंतिहार महोत्सवको तयारी पुरा भएको छ । यही महिनाको २७ तारिख बेलुका ३ः३० देखि करिब ७ बजेसम्म हुने कार्यक्रम यहाँ पहिलोपटक हुन लागेको हो ।
एडिलेडस्थित ब्रम्हाकुमारीज अस्ट्रेलियाले आयोजना गर्न लागेको यो कार्यक्रम वुडभिलमा रहेको टाउनहलमा आयोजना हुदैछ ।

कार्यक्रमको मुख्य आकर्षण नवदुर्गा झाकी प्रदर्शनी हुने कार्यक्रम संयोजक सरीता निरौलाले बताईन् । उनले झाकी मार्फत नवदुर्गाको महत्व, यसको आध्यत्मिक महत्व र बिशेषताका बारेमा चर्चा गरिने निरौलाले बताईन् । उनले अस्ट्रेलियामा पहिलोपटक हुन लागेको यस कार्यक्रमले नेपालका महत्वपूण चाडपर्व दशैंतिहारका बारेमा यहाका दोस्रो पुस्तामात्र नभएर विदेशीलाई समेत सांस्कृतिक तथा आध्यत्मिक महत्वका बारेमा जानकार गराउने बताईन् ।

करिब ९ सय क्षमताको यस कार्यक्रमस्थलमा हुने कार्यक्रममा भोपाली ब्याण्डले लाईभ सांगितिक प्रस्तुती दिदैछ भने नेपाली पाठशाला, नेपाली बिद्यालयका बालबालिकाको समेत प्रस्तुती रहनेछ । यसैगरी महोत्सवमा नेपाली परम्परागत नृत्य तथा गीतसंगीत मार्फत मनोरञ्जन दिलाईनेछ ।

कार्यक्रमको बारेमा जानकारी दिदै अर्का संयोजक बिकास शर्मा पोखरेलले कार्यक्रममा नेपाली समुदायका अगुवाका साथै यहास्थित राजनीतिज्ञ तथा अन्य समुदायका प्रतिनिधीको समेत सहभागिता रहनेछ । उनका अनुसार कार्यक्रममा बहुसांस्कृतिक मन्त्री जोई ब्याटिसन, सांसद जिङ्ग ली, डाना वाट्ली, रसल वाट्ली लगायतको प्रतिनिधित्व रहनेछ । यसैगरी एनआरएनए लगायतका अन्य संस्थाका प्रतिनिधी समेत सहभागिता हुदैछन् ।

कार्यक्रममा सहभागिताका लागि सबैलाई परम्परागत पोशाकमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । आयोजकले कार्यक्रम परम्परागत, सांस्कृतिक र सांगितिक हुने जानकारी दिएको छ ।