सिड्नी, अष्ट्रेलिया ।
एनआरएन अष्ट्रेलियाले विभिन्न १६ विधामा एक्सीलेन्स एवार्ड वितरण गरेको छ । आईतबार सिड्नीमा आयोजना गरिएको वार्षिक साधारणसभापछिको गाला डिनरमा वितरित एवर्डमा स्टुडेन्ट अफ दि ईयर १२ लेभलमा विविध काफ्ले, स्टुडेन्ट अफ दि ईयर युनिभर्सिटी लेभलमा डा. उत्सव भट्टराई, स्पोर्टस पर्सन अफ दि ईयर १८ वर्षमुनी अलिसा जोशी, स्पोर्टस पर्सन अफ दि ईयर १८ वर्षमाथि सुमन लामा, आर्टस कल्चर कन्ट्रीव्यूसन एवार्ड जेनिसा गौतम, ल्यांग्वेज एण्ड लिटरेचर एवार्ड लक्ष्मण सन्जेल, युथ लिडरशिप एवार्ड दिपकबहादुर चन्द, एनआरएन अष्ट्रेलिया विमेन अफ दि ईयर प्रतिभा देवकोटा, फ्रेन्ड्स अफ नेपाल अफ दि ईयर ग्रीमी केन्ट र मार्क कुरे, अन्ट्रपेनर अफ दि ईयर निक श्रेष्ठ, विजनेस अर्गनाईजेसन अफ दि ईयर कालिञ्चोक विजनेस ग्रुपका निर्देशक दिवस कार्की, कम्युनिटी पर्सन अफ दि ईयर डा. केशव शर्मा, कम्युनिटी अर्गनाईजेसन अफ दि ईयर अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर, मेडिया पर्सन अफ दि ईयर गणेश भट्ट, डाईभर्सिटी एण्ड ईन्क्लुजन एड्भोकेसी एवार्ड रोशन घिमिरे, हेल्थ एण्ड वेलविईंग ईम्प्याक्ट एवार्ड सोनी भारतीलाई प्रदान गरियो ।
कार्यक्रममा नेपाली समूदायका अगुवाहरु, एनआरएनका पदाधिकारीले एवार्ड हस्तान्तरण गरेका थिए । यस्तै एनआरएन अष्ट्रेलिया लाईफटाईम अचिभमेन्ट एवार्ड न्यूसाउथवेल्सका पूर्वमहावाणिज्यदूत दिपक खड्कालाई, एनआरएन जुरी एवार्ड मन केसी र सन्ध्या शाहलाई प्रदान गरिएको थियो ।

यस्तै एनआरएन अष्ट्रेलिया प्रेसिडेन्सियल एवार्ड ११ संघसंस्था र व्यक्तिलाई दिइएको थियो । जसमा ब्ल्याकटाउन नेप्लीज कम्युनिटीकी अध्यक्ष प्रकृति श्रेष्ठ, साउथवेष्ट कम्युनिटी एण्ड मेन्टल हेल्थ प्रोफेसनलकी पूर्वअध्यक्ष देवेन्द्र सापकोटा, स्टडी एण्ड वर्कका संस्थापक रहिन्द्र श्रेष्ठ, चर्चहिल हाईयर एजुकेशनका प्रमुख कार्यकारी अधिकृत सागर लोहनी, मल्टी डायनामिक रियल स्टेटका प्रकाश पौडेल, चितवन समाज अष्ट्रेलियाका पूर्वअध्यक्ष सत्यप्रकाश कँडेल, क्यापकन मेलबर्नका निर्देशक प्रकाश आचार्य, नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटीका अध्यष चिरन तिवारी, गोर्खा समाज अष्ट्रेलियाका अध्यक्ष योगेन्द्र जोशी, गजल मुशायराका संयोजक जितेन्द्र मल्ल, केविसीन्यूजका निर्देशक एवं एन्जाका कोषाध्यक्ष खगेन्द्र सत्याललाई प्रदान गरिएको थियो ।



यस्तै एनआरएन स्टेट पर्सन अफ न्यूसाउथवेल्स मीना शर्मा, स्टेट पर्सन अफ दि ईयर भिक्टोरिया गान्धीप्रसाद भट्टराई, स्टेट पर्सन अफ दि क्वीन्सल्यान्ड सन्तोष पान्डे, स्टेट पर्सन अफ दि तास्मानिया कमल भण्डारी, स्टेट पर्सन अफ दि ईयर अष्ट्रेलियन क्यापिटल टेरेटोरी निरज गौली, स्टेट पर्सन अफ नर्दन टेरेटोरी नवराज सापकोटा, स्टेट पर्सन अफ दि वेष्टर्न अष्ट्रेलिया आंगदावा शेर्पा र स्टेट पर्सन अफ साउथ अष्ट्रेलिया डा. ज्योति खड्कालाई प्रदान गरिएको छ । उक्त अवसरमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा संयोजक डिल्ली ढकाल र आईटी संयोजक किरण अधिकारीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।




एनआरएन अष्ट्रेलिया बनाएको एवार्ड कमिटीको राष्ट्रिय संयोजकमा रामचन्द्र पौडेल थिए भने सचिवमा निरु त्रिपाठी, सदस्यहरुमा रामानन्द मिश्र, विजेन बटाजु, सागर पौडेल, रेवन्त बस्नेत, जितेन्द्र मल्ल, सुयना श्रेष्ठ, समुन्द्रराज पुरी, नईन्द्रकुमार श्रेष्ठ र प्रेम उप्रेति थिए । एवार्ड वितरणपछि केविसीखबरसँग कुरा गर्दै संयोजक पौडेलले १ सय ५० भन्दा बढी आवेदन आएकोमा हरेक विधामा छुट्टाछुट्टै छलफल र प्राप्त प्रमाणहरुको अभिलेखीकरण गरिएको थियो । पौडेलले एवार्ड पाउने सबैलाई बधाई दिँदै एवार्डले समूदायमा रहेर काम गर्ने उत्साह पक्कै पनि बृद्धि हुने अपेक्षा गरेको बताए ।


प्रतिक्रिया