मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा पाचौं संस्करणको युथ कप टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।
शनिबार हुन यस प्रतियोगितामा विभिन्न विधातर्फ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् । स्टुडेन्ट डेस्टिनी एजुकेशन एण्ड भिसाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा कैयौं व्यवसायिक संघसंस्थाले पनि साथ दिएका छन् । भिक्टोरियाका युवा संयोजक गौरव सुनारले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिने जानकारी दिए ।
उनका अनुसार भोलि विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म विभिन्न समूह चरणमा खेलहरु खेलाइनेछ । महिला खुला, पुरुष खुल्ला, १७ वर्षमुनीका किशोर, १७ वर्षमुनीका किशोरी र भेट्रान अर्थाते ३५ वर्षमाथिको समूह गरी खेलाइने प्रतियोगिता सनसाईन वेष्टमा खेलाइनेछ । यसअघि सन् २०२३ मा भएको चौथौ संस्करणमा प्रतियोगिताको महिला खुलातर्फ सुरभी थापा र पुरुषतर्फ पियुष अवालले उपाधि जितेका थिए ।


प्रतिक्रिया