काठमाडौं । काठमाडौंमा हुन लागेको एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनमा द्वन्द्वग्रस्त मध्यपूर्व क्षेत्रबाट उम्मेद्वारी पनि अनलाईन माध्यमबाट दिन पाउने र जितेमा सपथ पनि अनलाईनमै गराउने निर्णय भएको छ ।
बिहीबार बसेको स्टेरिङ कमिटीको १३औँ बैठकले मध्यपूर्व क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबाट प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित उम्मेदवार तथा प्रतिनिधिहरूको हकमा अनलाइन र भौतिक दुवै विधिमा लचकता अपनाइने भएको छ ।
मध्यपूर्वबाट नेपालमा भौतिक रूपमा उपस्थित हुन नसकेका उम्मेदवार तथा प्रतिनिधिहरूको उम्मेदवारी दर्ता, सनाखत लगायत सपथ ग्रहणसमेतका सबै प्रक्रिया भर्चुअल माध्यमबाट गरिने भएको छ । साथै बैठकले नेतृत्व चयनको प्रक्रियालाई सकेसम्म चुनावमा नगई सर्वसम्मत बनाउने प्रयास गरिने पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया