सिड्नी, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको १५ औं साधारणसभा आज सिड्नीको हयात रिजेन्सी होटलमा हुँदैछ । मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म चल्ने साधारणसभामा अनलाईन माध्यमबाट पनि सहभागी हुन सकिन्छ । साधारणसभामा वार्षिक आयव्यय विवरण र सभापतिको प्रतिवेदन पेश हुँदैछ । करिब १६ हजार सदस्य रहेको एनआरएन अष्ट्रेलियाको साधारणसभाहरुमा भने निकै न्यून सहभागिता हुने गरेको छ…