एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर, ६ महिनाभित्र एकता महाधिवेशन गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेको बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बुधबार केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो। अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय…