५९ मिनेटपछि लय गुमाउँदा डार्विन हार्टस शून्यका विरुद्ध ६ गोलले पराजित

५९ मिनेटपछि लय गुमाउँदा डार्विन हार्टस शून्यका विरुद्ध ६ गोलले पराजित



डार्विन, अष्ट्रेलिया ।
अष्ट्रेलियाको राष्ट्रिय फुटबल प्रतियोगिताको टप ३२ मा पर्न सफल भएको डार्विन हार्टस् फुटबल क्लबले ह्युम सिटीविरुद्धको खेलमा अन्तिम ३० मिनेट लय गुमाउँदा ६ गोलअन्तरले पराजित भएको छ । सिटीको पोष्टमा एक गोल पनि प्रहार गर्न नसकेको टोलीले पाएका तीन सुन्दर मौका गुमाउन पुगेको थियो । सुरुवातमै ह्यान्डबललाई पेनाल्टी नपाएपछि मौकाको खोजीमा रहेको टिमले मध्यान्तर अघिका अन्य दुई प्रयासहरुलाई पनि गोलमा परिणत गर्न सकेन ।

ह्युम सिटी फुटबल क्लबले ६० मिनेटपछि लगातार जस्तो हरेक ७ मिनेटमा गोल गरेको थियो ।
ठूलो संख्यामा नेपालीमूलका दर्शकहरुको उपस्थित रहेको प्रतियोगितामा अन्तिमसम्म डार्विन हार्टसको समर्थनमा उनीहरु हुटिंग गरिरहेका थिए । अष्ट्रेलियाभरिबाट क्लबले टप ३२ मा स्थान बनाएकोमा खुशी बाँडिएको थियो । समर्थकहरुलाई निरास बनाउँदै क्लब पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । कुनैपनि नेपालीमूलको अष्ट्रेलियन फुटबल क्लबले टप ३२ मा स्थान बनाएको पहिलो पटक थियो ।
ह्युम सिटीका लागि जोश गुलेस्कीले ५९ र ८३ मिनेटमा दुई गोल गरे भने मिकेल प्लेटले ६४ औं मिनेटमा, अमिर अब्दुल्लाहले ६७ मिनेटमा र फ्लेचर म्याकफमर्लेन्सले ७३ औं मिनेटमा गोल गरेका थिए ।