मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाले आज समूदायसँग अन्तरक्रिया सम्पन्न गरेको छ। मेलबर्नको सिड्नी रोडमा रहेको रोयल नेप्लीज रेष्टुरेन्टमा गरिएको उक्त कार्यक्रममा एनआरएन भिक्टोरियाले आफ्नो कार्यकालमा गर्ने वार्षिक क्यालेण्डर सार्वजनिक गरेको थियो। एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक मणिरत्न सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक महादेव धानुकले आगामी कार्यक्रमका विषयमा जानकारी गराएका थिए।…