काठमाडौं । राजनीतिमा नयाँ समीकरण बनेसँगै विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेताहरुले नवनियुक्त मन्त्रीहरुसँगको भेटघाटलाई बाक्लो बनाएका छन्। एक समूहका अध्यक्ष डा बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेर आवश्यक सहजीकरणका लागि आग्रह गरेका छन्। शुक्रबार मन्त्रीनिवासमा भएको भेटमा अध्यक्ष डा केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति…