बाढी पीडितलाई सहयोग गर्न अष्ट्रेलियाका प्रधानमन्त्रीलाई फेन्का र एनआरएनको पत्र

बाढी पीडितलाई सहयोग गर्न अष्ट्रेलियाका प्रधानमन्त्रीलाई फेन्का र एनआरएनको पत्र


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा रहेका नेपालीमूलका व्यक्तिहरुले सञ्चालन गरेका विभिन्न संघसंस्थाको छाता संगठन फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले संयक्त रुपमा प्रधानमन्त्री एन्थोनी एल्बानिजीलाई एक पत्र लेख्दै नेपालमा हालै गएको बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनाको कार्यमा अष्ट्रेलियाली सहयोगका लागि अनुरोध गरेका छन् ।

आफ्नै पहलमा बाढी पहिरो पीडितहरुको लागि सहयोग संकलन सुरु गरेका उनीहरुले यहाँको सरकारलाई पनि सिधै पत्र पठाएर सहयोगको अपिल गरेका हुन् ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र फेन्का अध्यक्ष बम योन्जनले संयुक्त हस्ताक्षर गरेर पठाइएको पत्रमा सन् २०१५ मा गएको महाभूकम्पको बेला अष्ट्रेलियाले गरेको सहयोगको स्मरण गर्दै २ सय २८ जनाको ज्यान लिनेगरी र खर्बौंको क्षति हुनेगरी गएको बाढी पहिरोबाट प्रभावितहरुलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

पत्रमा अष्ट्रेलियामा बसोबास गर्ने एक लाख ५१ हजार नेपालमा जन्मिएको जनसंख्याका साथै यहाँ आउने ठूलो संख्याका नेपाली विद्यार्थीहरुलाई समेत मध्यनजर गर्दै तत्काल सहयोग प्रदान गर्ने निर्णय गर्न भनिएको छ, यस्तो छ पत्र –