ब्रिसबेन, अष्ट्रेलिया । एनआरएन क्वीन्सल्याण्ड र नारी निकुञ्जको आयोजनामा ब्रिसबेनमा तीज फेष्टिभल २०२४ हुने भएको छ । नेपाली लोकदोहोरीका सर्वप्रिय गायक पशुपति शर्मा यस तीज महोत्सवको मुख्य आकर्षण हुनेछन् । पशुपतिका साथमा चर्चित लोकगायिका देवी घर्ती, रुविना अधिकारी, शोभा त्रिपाठीले पनि दर्शकलाई तीजको माहोलमा रम्न र नाच्न बाध्य पार्नेछन् ।
ट्रिपल एन्ड इन्फोटेनमेन्टको सह आयोजक रहेको तीज फेष्टिभललाई नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड, क्वीन्सल्याण्ड मल्टिकल्चरल सेन्टरको पनि साथ रहेको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागिताको लागि २० डलर प्रवेश शुल्क तोकिएको छ भने अष्ट्रेलिया घुम्न आउनुभएका बुबाआमा र बालबालिकाहरुलाई निःशुल्क प्रवेश दिइनेछ । डीजे सुरजका साथमा तीजका विभिन्न भाकामा नाच्न सकिने कार्यक्रमको मूख्य प्रायोजन काठमाडौं प्रोपर्टीज ब्रिसबेनले गरेको छ ।
साँझ ६ बजेबाट फोर्टीट्युड भ्यालीमा रहेको टिभोलीमा कार्यक्रम गर्न लागिएको हो ।
एनआरएन क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले परिवारका साथ तीज फेष्टिभलमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । उनले नेपालबाट आउनुभएका अभिभावकको निम्ति निःशुल्क पास लिनका लागि पनि कार्यक्रम अघि नै पास लिइसक्न अनुरोध गरेका छन् ।
कार्यक्रमको टिकट लिन यहाँ क्लीक गर्न सकिन्छ >> Click Here for ticket
प्रतिक्रिया