सिड्नी, अष्ट्रेलिया । दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाले समुदाय स्वास्थ्य, कल्याण तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ग्रान्भिल टाउन हलमा समुदाय स्वास्थ्य, कल्याण तथा सामाजिक सचेतनासम्बन्धी विशेष कार्यक्रम गरिएको छ । नेपाली समुदायमा खुला रूपमा कम छलफल हुने तर व्यक्ति, परिवार र समाजको दैनिकीसँग प्रत्यक्ष सम्बन्धित विषयहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय सहभागिता…