सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र, १७० बढी स्वयंसेवक परिचालनसँगै खेलाडी दर्ता सुरु

एडिलेड, साउथ अस्ट्रेलिया । आगामी मार्चमा एडिलेडमा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) साउथ अस्ट्रेलिया २०२७ को तयारी तीव्र गतिमा अगाडि बढेको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन ३ अक्टोबर, शनिबार, आयोजित प्रेस मिटमा हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर काम गरिरहेको र खेलाडी दर्ता प्रक्रिया पनि औपचारिक रूपमा सुरु भएको जानकारी…