सिड्नी । अष्ट्रेलियाको सिड्नीको दक्षिण–पश्चिमी क्षेत्र ग्लेनफिल्डमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सैन्य शैलीका हतियार, ग्रिनेड, लागुऔषध र नगद बरामद गरेको छ। यस घटनामा दुई जनालाई नियन्त्रणमा समेत लिइएको छ । एनएसडब्लु प्रहरीको टास्कफोर्स फाल्कनले नियमित बन्दुक स्वामित्व प्रतिबन्ध अन्तर्गत गरेको खोजतलासका क्रममा आठ वटा सैन्य शैलीका बन्दुक, एक हजारभन्दा बढी गोली, ग्रिनेड, करिब ६…